Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव मनिष मिश्र नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । लामो समय मधेश केन्द्रित राजनीति गरेका मिश्र अब भने कांग्रेस प्रवेश गर्ने उनी निकट एक नेताले बताए ।
उनी यसअघि सर्लाही ४ बाट चुनाव लड्न चाहेका थिए । केही वर्षदेखि उनी सोही क्षेत्र केन्द्रित राजनीति समेत गर्दै आएका थिए। तर एकाएक लोसपाले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गर्यो। सोही कारण मिश्र टिकटबाट बन्चित भए।
यता लोसपा अध्यक्ष ठाकुर पनि नयाँ जसपा नेपालमा संरक्षकको भूमिकामा मात्र रहे। यही कारण पनि मिश्रले असन्तुष्टि जनाएको निकट नेताहरू बताउँछन् । मिश्रले भने आफू नयाँ अध्यायको राजनीति गर्न लागेको बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij