Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

धुलोबाट उठेको प्रहरी, सेवामा समर्पित : कार्की

धुलोबाट उठेको प्रहरी, सेवामा समर्पित : कार्की

  • काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताउनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीले अनेकौ उत्तारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उहाँको भनाई थियो । सोमवार प्रहरी निरीक्षक निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहि¥याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरुलाई निर्देशन दिनुभयो । उहाँले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गरउनु भयो ।

    AGNI GROUP

    महानिरीक्षक कार्कीले भन्नुभयो,नेपाल प्रहरीले अनेकौ उतारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित छ । धुलो टकटक्याएर उठेको छ । खरानीबाट उठेको छ । र अनि पुन नागरिकको सेवामा समर्पित भएको छ । र आफनो जिम्मेवारी अटल रुपमा निर्वाह गरेको छ । हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौति, अवसर र दायित्व वृद्धि हुँदै गएको कुरा स्मरण गराउँदै जनअपेक्षा र दायित्वको गहि¥याई, बढेकोतर्फ हृदयंगम गर्दै अझ लगनशील हुन निर्देशन दिन चाहन्छु । अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराध बृद्धि एवम विकास हुँदै गईरहेका बेला सो समस्यालाई चिर्नेगरी अघि बढन पनि नेपाल प्रहरी सचेत हुनुपर्दछ ।’

    महानिरीक्षक कार्कीले अपराधको क्षेत्रमा भएको वृद्धि र विस्तारलाई नियन्त्रण हुनेगरी अघि बढ्न पनि नेपाल प्रहरीले चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्तीमा आफू लागिपर्ने समेत बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij