Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मतदातालाई महावीर पुनले भने- पैसामा नबिक्नु

मतदातालाई महावीर पुनले भने- पैसामा नबिक्नु

  • काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    म्यादीमा चुनाव प्रचारको क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका दिएको हुने बताउदै पैसामा बिक्ने मान्छे सिधै नर्क जाने बताएका हुन् ।

    AGNI GROUP

    पुनले भनेका छन्– ’दुईचार हजार, पाँचसात हजार वा आठ दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ । किनभने उसले भविष्यको हाम्रो छोरा नातिलाई सिधा धोका दिएको हुन्छ । अहिले पैसामा बिक्नु भनेको छोरा–नातिले दु:ख पाउनु हो ।’

    उनले पैसामा मत बेच्दा आउँदो पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् । ‘छोरा–नातिको श्राप लाग्छ । पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ ।’

    पुनको चुनाव प्रचारको शैली अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय समेत बनेको छ । उनले अहिले आफु स्वतन्त्र उठेपनि चुनाव जितेमा युवाहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij