Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । गोरखामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिएका दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शुक्रबार सामाजिक सञ्जालबाटै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
उनीसँगै गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ताको निवेदन दिएका हुन् ।
उनीहरूको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा १ मा अब १२ जना र २ मा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
रास्वपाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij