Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याइएको हो ।
अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ७९ जना पुरुष र एक जना महिला रहेका छन् । आवश्यक कागजात नहुनु, गैरकानुनी रूपमा बसोबास गर्नु तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गर्नु उनीहरू डिपोर्ट हुनुका मुख्य कारण रहेको जनाइएको छ ।
स्वदेश फर्काइएका नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोका अधिकारीहरूले प्रारम्भिक सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाएका छन् । साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको आशंका भए उजुरी दिनसमेत ब्युरोले अनुरोध गरेको छ ।
यसअघि पनि अमेरिकाले विभिन्न चरणमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij