Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालेन भन्छन् नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन राजनीतिमा आउदैछु

बालेन भन्छन् नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउन राजनीतिमा आउदैछु

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले राष्ट्रनिर्माणको यात्रामा अगाडि बढ्ने बेला आएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिने तयारी गरेका बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने भएको बताएका छन् ।

    AGNI GROUP

    उनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको भन्दै लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्– ’नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो ।’

    बालेनले अहिले नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, शब्दभन्दा कामलाई प्राथमिकता दिएका र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरेको बताएका छन् ।

    उनले भनेका छन्– संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ । नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो ।’

    बालेनले आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट