Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको बन्दसूचीमा परिमार्जन गर्दै ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी पञ्चा सिंहको नाम हटाएको छ ।
पौष १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा समावेश पञ्चा सिंहको नाम पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बैठकको निर्णय अनुसार हटाइएको हो ।
पार्टीले परिमार्जित बन्दसूची पुनः निर्वाचन आयोगमा पेस गरेको र यो प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको पञ्चा सिंहले फेसबुक स्टाटसमार्फत जानकारी दिएकी छन् ।
उनले राजनीति व्यक्तिगत अवसरको विषय नभई त्याग, निष्ठा र जनसेवाको मार्ग भएको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका लागि व्यक्तिगत पद गौण हुने बताएकी छन् । साथै आगामी निर्वाचनमा पार्टी र उम्मेदवारलाई जिताउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेकी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij