Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेसका नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन्।
विशेष महाधिवेशनको पक्षका खुलेका संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यहरुको तर्फबाट बोल्दै पार्टीको नेताहरूको घरमा जाँदा पनि कुनै निकास ननिस्केको सुनाइन्।
उनले भनिन, ‘हामी निराश भएर फर्किएर आउनुपरेको भएकाले ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिलाई सम्मान गर्न आएका छौँ।’
उनले विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान सक्दैन भन्ने सन्देश दिएको बताइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij