Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु, देउवा समूहका नेताहरूको उल्लेखनीय सहभागिता

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु, देउवा समूहका नेताहरूको उल्लेखनीय सहभागिता

  • काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ। विशेष महाधिवेशनको उद्घाटन सत्र हाल चलिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संस्थापन समूहले विशेष महाधिवेशन अस्वीकार गरेको भए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा महाधिवेशन आयोजना गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    संस्थापन समूहले आफ्ना नेता–कार्यकर्तालाई महाधिवेशनमा सहभागी नहुन निर्देशन जारी गरे पनि सभापति देउवा समूहसँग नजिक मानिने नेताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। पछिल्लो विवरणअनुसार देउवा समूहनिकट विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, उदयशमशेर राणा, राजन केसी, अब्दुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोला, योगेन्द्र चौधरी, भरत शाहलगायतका नेताहरू महाधिवेशनस्थल पुगेका छन्। सहभागीहरूको नाम वाचनका क्रममा उनीहरूको नाम सार्वजनिक गरिएको थियो।

    AGNI GROUP

    यसैगरी, नेता सुनील शर्मा र चन्द्र भण्डारीलगायत अन्य नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्। उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै नेता गुरु घिमिरेले संस्थापन समूह (देउवा समूह)बाट करिब ३० जना नेताहरू विशेष महाधिवेशनमा सहभागी भएको दाबी गरे। उनले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत शीर्ष नेताहरूलाई पनि महाधिवेशनस्थलमा उपस्थित हुन आग्रह गरे। घिमिरेले संस्थापन समूहका युवा नेताहरूलाई सभापति देउवालाई लिएर महाधिवेशनमा आउन विशेष अपिलसमेत गरेका छन्।

    पार्टीभित्र देखिएको तीव्र मतभेदका बीच सुरु भएको विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक राजनीतिक समीकरण थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट