Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । कम्पनीका कागजात दुरुपयोग गरी ईसेवा मार्फत अवैध आर्थिक कारोबार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्रारम्भिक अनुसन्धानपछि कीर्तिपुर नगरपालिका–७ स्थायी बासिन्दा १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उप्रेतीले Wide-Space International (P) Ltd. को नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातको दुरुपयोग गर्दै ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गर्दै आएका थिए ।
प्रारम्भिक अनुसन्धानमा ईसेवा मर्चेन्ट आईडी२२२२०२००१८२१७५२७ मार्फत रू. ६५ लाख ३३ हजार ६०३र ईसेवा वालेटबाट रू. ५६ लाख ३१ हजार ६०३ कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न रहेको पुष्टि भएपछि उप्रेतीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
पक्राउ परेका उप्रेतीको साथबाट प्रहरीले १ थान ल्यापटप, २ थान विभिन्न मोडेलका मोबाइल फोन, एनसेल, नमस्ते र स्मार्टका सिमकार्ड, पेन ड्राइभ र मेमोरी कार्ड बरामद गरेको छ ।
प्रहरीले अनलाइन भुक्तानी प्रणालीको दुरुपयोग गरी गरिने अवैध कारोबारप्रति सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि पनि कडा कारबाही गरिने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij