Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय भएको अमेरिका भ्रमण स्थगित गरेका छन् ।
मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसालगायतका प्रक्रिया पूरा गर्न समय अपुग भएकाले हाललाई अमेरिका नजाने निर्णय गरिएको हो । “प्रक्रियाका लागि समय लाग्ने भएकाले उहाँ अहिलेका लागि अमेरिका जानु हुन्न,” रिमालले बताए ।
यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा आयोजना हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएको थियो ।
उक्त कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए समूहले आयोजना गर्न लागेको दाबी गरिएको थियो । तर सतेन्द्र शाह नेतृत्वको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाइएको भन्दै विज्ञप्ति जारी गरेपछि भ्रमण विवादमा परेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij