Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

जनकपुरधाममा गगन थापाको पुतला दहन

जनकपुरधाममा गगन थापाको पुतला दहन

  • काठमाडौँ । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।

    AGNI GROUP

    नेता निधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरूले  दुर्व्यवहार गरेकोले त्यस्ता व्यक्तिहरूको विरुद्धमा आज जनकपुरधामका निधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका युवा नेता राकेश विक्रमले बताए ।

    पार्टीले सबै नेतालाई सम्मान गर्न सिकाएको बताउँदै नेता निधिमाथि भएको दुर्व्यवहार गलत रहेको बताए । काठमाडौंको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले मंगलबार दिउँसो पार्टी कार्यालय बाहिर घेराउ गरेका थिए ।

    कार्यालयमा हुने केन्द्रीय कार्यसम्पादनको बैठकमा सहभागी हुन आइपुगेका नेता निधिलाई बाहिर कार्यकर्ताहरूले घेरेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल तथा समाचारहरूमा प्रकाशित भएपछि नेपाली कांग्रेसका निधि पक्षधरहरू आक्रोशित भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट