Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चलचित्र छायाकार जनकराज अधिकारी काठमाडौं स्थित कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। काठमाडौंको गोंगबुस्थित आफ्नै कार्यालय जेसिका फिल्मस् प्रालिभित्र अधिकार आइतबार साँझ मृत फेला परेका हुन्।
उनी केही दिनदेखि परिवारबाट सम्पर्कविहीन थिए। खोज्दै जाँदा कार्यालयको ढोका भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाई पंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
पोस्टमार्टमका लागि छायाकार अधिकारीको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij