
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भारतका विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले आईसीसीले घोषणा गरेको नयाँ मासिक उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् । उनको राम्रो प्रदर्शनलाई नियाल्दै उनलाई आईसीसीले जनवरी महिनाको उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको हो । उनले इंग्ल्याण्डका कप्तान जो रुटलाई पछि पार्दै उपाधि जितेका हुन् ।
यसमा आईसीसीले जनवरीका लागि भारतीय विकेटकिपर ऋषभ पन्त, इंग्ल्याण्डका कप्तान जो रुट र आयरल्याण्डका ब्याट्सम्यान पोल स्टर्लिङलाई चयन गरेको थियो । जसमा पन्तले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij