Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी चित्रकार

उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी चित्रकार

  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि गएराती स्वदेश फर्किएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काइएको हो ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै चित्रकारले आफुलाई यस्तो अवस्थामा पुर्याउने दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेकी छन् ।

    AGNI GROUP

    भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।

    एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । त्यसपछि क्रमश: अवस्था सुधारिँदै गएपछि उनलाई आईसियुबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij