Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको आज बैठक बसेको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिका संयोजकले प्रगति विवरण पेस गरेका छन् । उनका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ । एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सुरु हुँदैछ ।
महाधिवेशन सफल बनाउनका लागि विभिन्न १३ वटा समिति गठन गरिएका छन् । महासचिव पोखरेलको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij