Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

ईश्वर पोखरेलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

    AGNI GROUP

    उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको समेत बताएका छन् ।

    मंसिर २७२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मको एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

    उनले भदौ २३ पछिका घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गरेका छन् ।

    आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए ।

    पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट