Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

म्यान्माको सैनिक कूको निन्दाः बन्दी रिहाइ माग

म्यान्माको सैनिक कूको निन्दाः बन्दी रिहाइ माग

  • काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले माघ १९ गते म्यान्मामा भएको सैनिक ‘कू’ र राजनीतिकर्मीको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै आस्थाका बन्दीको विनाशर्त रिहाइको माग गरेको छ ।  विसं २०७७ माघ २१ गते पोखरामा सम्पन्न समाजको केन्द्रीय कार्यसमिति बैठकले ‘बर्मा’मा सैनिक शासनको शीघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ । 

    images
    images
    images

    बैठकले कोभिड–१९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । नेपालमा भएको प्रतिनिधिसभा विघटनलाई समाजले अलोकतान्त्रिक ठहर गरेको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । विघटनको विरोधमा समाज जिल्ला शाखाको आयोजनामा २०  स्थानमा गोष्ठी सम्पन्न भएका छन् ।  

    समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक आगामी फागुन २१ र २२ गते कास्की शाखाको आतिथ्यमा पोखरामा आयोजना हुँदैछ । यसका लागि कास्की शाखा सभापति अमृत सुवर्णकारका संयोजकत्वमा मूल तयारी समिति र १३  उपसमिति गठन भएको छ ।
      
    समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीका सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्य र कास्की शाखाका पदाधिकारीसहितको सहभागिता रहेको समाजले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij