
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौ । लहान नगरपालिका-२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियार सहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij