Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सञ्चित कोष झण्डै २ खर्ब घाटामा

सञ्चित कोष झण्डै २ खर्ब घाटामा

  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सम्म संघीय सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपियाँले ऋणात्मक रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारको कुल आम्दानीको तुलनामा खर्च बढी भएको यस अवस्थालाई जनाउँछ ।

    onlinepatrika
    Arghakhachi

    महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाउनुभयो ।

    AGNI GROUP

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चित कोष २ खर्ब २४ अर्ब रुपियाँले ऋणात्मक देखिएकोमा चालु वर्ष २८ अर्ब रुपियाँले कमी आएको छ । यद्यपि चालु आर्थिक वर्षमा आम्दानी खर्चभन्दा बढी देखिएको भए पनि अघिल्ला वर्षका वित्तीय समायोजनका कारण समग्र हिसाबमा घाटा कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

    संघीय सरकारको नगद अवस्था पनि ३१ अर्ब ३४ करोड ६१ लाख रुपियाँले ऋणात्मक देखिएको छ । तर, विभिन्न कोषहरूको मौज्दात र अतिरिक्त बजेटरी निकायका खातामा रहेको रकम समेत गर्दा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख रुपियाँले धनात्मक रहेको देखिन्छ ।

    यसैकबीच अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै जिल्लास्तरसम्म समन्वयात्मक बैठक सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले सबै सम्बन्धित निकायबीच सूचनाको आदान–प्रदान प्रणाली सुदृढ गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त सचेतना कार्यक्रम सञ्चालन गर्ने र जिल्लास्तरका निकायहरूलाई अनलाइन प्रणालीमा एकीकृत रूपमा जोड्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij