काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर जोआ फेलिक्सलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एट्लेटिकोले बुधवार फेलिक्सलाई कोरोनाको संक्रमण भएको जनाकारी दिएको छ । कोरोना पोजेटिभ देखिएपछि फेलिक्स घरमै सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।