Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय महिला आयोग र मधेशी आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवास पुगेर महिला आयोगकी अध्यक्ष कमला पराजुली र मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति समक्ष राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले प्रतिवेदन पेस गरेकोराष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij