Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग फुटबल : वालिङको जित

महिला लिग फुटबल : वालिङको जित

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल गरिन् । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

    खेलको ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोलमा वालिङको अग्रता २-० ले अघि बढ्यो । त्यसपछि खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् ।

    जितसँगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ । वालिङ तेस्रो स्थानमा उक्लिएको छ ।

    चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij