Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

अमेरिकी निर्वाचनमा मतदाता कार्ड अनिवार्य गर्ने तयारीमा ट्रम्प

अमेरिकी निर्वाचनमा मतदाता कार्ड अनिवार्य गर्ने तयारीमा ट्रम्प

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर मतदाताले मतदान गर्नुअघि मतदाता कार्ड देखाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले गम्भीर बिरामी मतदाता र टाढा तैनाथ सैनिकहरू बाहेक कसैले पनि हुलाकबाट मतदान गर्न नपाउने समेत बताएका छन् । ट्रम्पले पहिले नै अमेरिकी चुनाव प्रणालीमाथि प्रश्न उठाइरहेका छन् ।

    images

    ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरूले पनि गैर-नागरिकहरूले ठूलो संख्यामा मतदान गर्ने गरेको आरोप लगाउदै आएका छन् । ट्रम्पले लामो समयदेखि इलेक्ट्रोनिक मतदान मेसिनको प्रयोग रोक्न माग गर्दै आएका छन् र तिनीहरूको ठाउँमा कागजी मतपत्र र हातले गणनामा जोड दिइरहेका छन् ।

    तर निर्वाचन अधिकारीहरूले यो प्रक्रिया महँगो र समय खपत गर्ने मात्र होइन, तर मेसिनहरूद्वारा गणना गर्नुभन्दा कम भरपर्दो रहेको बताएका छन् । अगस्टको सुरुमा, ट्रम्पले २०२६ को मध्यावधि चुनाव अघि हुलाक मतपत्र र मतदान मेसिनहरू हटाउन आदेश दिने वाचा पनि गरेका थिए ।

    यद्यपि, अमेरिकामा चुनावहरू राज्य स्तरमा गरिन्छन् र राष्ट्रपतिलाई त्यसो गर्ने संवैधानिक अधिकार छ कि छैन भन्ने कुरा स्पष्ट रहेको छैन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij