
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । रूसमा गएको शक्तिशाली भुकम्पका कारण जापानमा सुनामी आएको छ । स्थानीय समाचार संस्थाहरूले जापानमा ५० सेन्टीमिटर अग्लो सुनामीको छाल नापिएको जनाएका छन ।
जापानले रिपोर्ट गरेको छ कि पूर्वी तटमा मियागी प्रिफेक्चरको प्रमुख सहर इशिनोमाकी बन्दरगाहमा ५० सेन्टीमिटर (१.६ फीट) सम्म अग्लो छालहरू रेकर्ड गरिएको थियो ।
अन्यत्र भने पहिलो सुनामी छालहरू २० सेन्टिमिटरदेखि ४० सेमी मापन गरिएको जापानी अधिकारीहरूले बताएका छन् । दोस्रो र तेस्रो छालहरू अझ ठूला हुन सक्ने बताउँदै सतर्क हुन भनिएको एनएचके वर्ल्डले जनाएको छ ।
यसअघि नै चेतावनी दिएको थियो कि सुनामी छालहरू सामान्य छालहरू भन्दा शक्तिशाली छन् र ५० सेन्टीमिटर छालले २०० किलोग्रामसम्मको प्रेसर दिन सक्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij