Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

  • काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।

    images
    images
    images

    मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।

    images

    यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।

    हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङस्को मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।

    बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमाको मूल्य १५९८.९६, ट्रेड टावरको ६४८.२०, सांग्रिला डेभलपमेन्टको ४९३, सीईडीबीको २९३९.२१ रुपैयाँ पुगेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij