
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले उदयपुरका एक बालकको पेटबाट कैँची निकालेको छ ।
खेल्ने क्रममा कैँची निलेका १५ वर्षीय बालकको अप्रेसन गरी अस्पतालले कैची निकालेको हो । चार दिन अघि बालकलाई अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।
उपचारका लागि आकस्मिक कक्षमा ल्याइएका बालकको एक्स-रे र सिटी स्क्यानको गर्दा ठूलो आन्द्रामा कैँची देखिएको थियो । नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा.अमित भट्टराई नेतृत्वको टीमले अप्रेसन गरेको थियो ।
ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालिएको हो । दुई दिनको अस्पताल बसाइपश्चात् बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij