Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

आजको मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेकोे छ ।

    images

    हाल कोशी , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

    महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images

    त्यस्तै कर्णाली  र सुदूरपश्चिमका थोरै तथा गण्डकीका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij