Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास प्रदर्शन

विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शन

विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास प्रदर्शन

  • काठमाडौं ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बलले बागदरबार सुन्धारामा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास प्रदर्शन गरेको छ । बुधबार बागदरबार सुन्धारामा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास प्रदर्शन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त बागदरबार सुन्धारामा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास प्रदर्शनमा बोल्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बल कसरी विपद्मा समन्वयात्मक ढंगले कसरी जान सक्छ भनेर नै संयुक्त अभ्यास प्रदर्शन गरेको बताए । उनले विपद्को बेला सम्बन्धित निकाय सबैले समन्वयात्मक ढंगले जानुपर्ने बताए । 

    AGNI GROUP

    उनले भने, ‘यसरी हामीले विपद्को बेला हामी के कस्तो तयारी अवस्थामा छौं र हाम्रो समन्वय के कस्ताो हुन्छ भन्ने विषयमा हामीले  दुई-तीन चरणमा विपद् सम्बन्धी छलफल गरेका थियौं । हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित काठमाडौं महानगर प्रहरी बल कसरी समन्वयात्मक ढंगले कसरी जान सक्छौं भनेर संयुक्त अभ्यास प्रदर्शन गरेका हौं । विपद्को बेला हामी सबैले समन्वयात्मक ढंगले जानुपर्छ । जाँदाखेरि हामीहरुबीच सूचनाहरु एकआपसमा प्रदान गरिनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij