
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका अधिकारीहरू लाई भेट्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स वा मध्यपूर्व राजदूत स्टीव विटकफ लाई पठाउने विचार गरिरहेको सीबीएस न्यूजकी रिपोर्टर जेनिफर ज्याकबले सामाजिक सञ्जालमा दाबी गरेकी छिन् ।
जेनिफर ज्याकब एयर फोर्स वानमा ट्रम्पसँगै यात्रा गरिरहेकी छिन्। उनका अनुसार ट्रम्पले भनेका छन् – उनी इरानसँगको आणविक समस्याको स्थायी समाधान चाहन्छन्।
उनी इरानले पूर्ण रूपमा आणविक हतियार त्यागोस् भन्ने चाहन्छन्। ट्रम्पले भने – इजरायलले भविष्यमा पनि इरानमाथि आक्रमण गरिरहनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij