Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

ब्राजिल लगातार २३ औं पटक विश्वकपमा छनोट

ब्राजिल लगातार २३ औं पटक विश्वकपमा छनोट

  • काठमाडौं । मंगलबार राति भएको खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै ब्राजिल २०२६ विश्वकपका लागि छनोट भएको छ । गत बिहीबार ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेलेको थियो ।

    images
    images
    images

    नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीले टिम सम्हालेपछि ब्राजिलको यो ब्राजिलको पहिलो जित हो । रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफमा गरेको एक गोल नै निर्णायक गोल बन्यो । ब्राजिलका लागि यही गोल नै क्यानडा, मेक्सिको र अमेरिकामा हुने आगामी विश्वकपका लागि छनोट हुन पर्याप्त रह्यो ।

    images

    जितपछि ब्राजिलको २५ अंक पुगेको छ भने अब दुई चरणका खेल मात्रै बाँकी छन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अर्जेन्टिना, इक्वेडरले पनि दक्षिण अमेरिकाको १८ खेलको छनोट चरणबाट विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । विश्वकपमा पछिल्ला संस्करणमा राम्रो प्रदर्शन गरेको चिली भने आगामी विश्वकपमा छनोट नहुने लगभग निश्चित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij