Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

गभर्नर पौडेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

गभर्नर पौडेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

  • काठमाडौं । गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

    images
    images
    images

    मंगलबार उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको थियो ।

    images

    पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गराएका थिए । सो रिटमाथि १४ जेठमा सर्वोच्चले कारण देखाऊ आदेश दिइसकेको छ । न्यायाधीश अब्दुलअजीज मुसलमानको इजलासले पौडेलविरुद्धको रिटमा कारण देखाऊ आदेश गरेका थिए ।

    गभर्नर पौडेलसँग नेपाल राष्ट्र बैङ्क ऐनले तोकेको विज्ञता नभएको दाबी रिटमा गरिएको छ । यसअघि उनीहरू पौडेल गभर्नर नियुक्त नहुँदै नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा इजलासले पनि उक्त दरपिठ सदर गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij