Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

जाउलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

  • काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।

    images
    images
    images

    मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

    images

    भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाययादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरु जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।

    कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

    त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij