
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । भ्याटिकनमा पोप लियोले भर्खरै एउटा सम्बोधन दिएका छन् जसमा उनले गाजामा “पर्याप्त मानवीय सहायता” पुर्याउन आह्वान गरेका छन् ।
“गाजा पट्टीको अवस्था दिन प्रतिदिन चिन्ताजनक र पीडादायी हुँदै गइरहेको छ,” पोप लियोले सेन्ट पिटर्स स्क्वायरमा आफ्नो पहिलो आम दर्शकदीर्घा सम्बोधनमा भने ।
उनले भने, “म मानवीय सहायतालाई (गाजा) प्रवेश गर्न अनुमति दिन अपील गर्दछु । त्यहाँ वृद्धवृद्धा, बिरामी र बालबालिकाहरू सबैभन्दा बढी पीडित छन् ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij