Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

रुपन्देही

राजस्व चुहावटको आरोपमा दुई व्यावसायी माथि मुद्दा दायर

राजस्व चुहावटको आरोपमा दुई व्यावसायी माथि मुद्दा दायर

खरेलविरुद्ध बिहीबार राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

  • काठमाडौं । रुपन्देहीमा गाडीका पार्ट्सको कारोबार गर्दै आएका दुई व्यवसायीविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

    images
    images
    images

    राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगनन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४, नयाँमिलका दधिराम खरेलविरुद्ध बिहीबार राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

    प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले दिएको जानकारी अनुसार राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत अनुसन्धान गर्दा विपक्षी खरेल र उनका साझेदारले राजस्व चुहावट गरेको पाएको हो । शुभलक्ष्मी अटो लिङ्क प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० ९६० बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

    खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्षसमेत हुन् । उनले आफूहरू सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्ट्सहरू राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

    शुभलक्ष्मी अटो लिङ्क प्रालिको आफ्नै वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बीलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको  अनुसन्धान गर्दा  राजस्व छली गरेको पाइएको विभागले जनाएको छ  ।

    उनीहरूलाई चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहित ७२ लाख ११ हजार ३०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

    अदालतमा बिहीबारै थुनछेक बहसपछि प्रतिव्यक्ति २० लाख धरौटीमा छाड्ने आदेश भएको राजस्व अधिकृत घिमिरेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij