Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

रास्वपाले गर्‍यो आतंकवादविरुद्ध सरकारको अडानको स्वागत

रास्वपाले गर्‍यो आतंकवादविरुद्ध सरकारको अडानको स्वागत

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको पनि हित नगर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ । आफ्नो छिमेकी मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्दछ ।’

    images

    परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि हिजो साँझ वक्तव्य मार्फत सार्वजनिक गरेको आतंकवादकाविरुद्धको अडानको स्वागत गरे ।

    images

    उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु ।’

    पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धार र सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराए । समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिङको समेत माग गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij