Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु

रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

  • काठमाडौं । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

    images
    images
    images

    इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहान सम्म पनि घर नआए पछि खोजी गरिएको थियो । गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको समयमा भीरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठ सहित अस्थायी प्रहरी पोस्ट मार्खु र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij