Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

तीन दिनसम्म पानी पर्ने

तीन दिनसम्म पानी पर्ने

  • काठमाडौं । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images
    images
    images

    देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ । मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ ।

    यसैबीच देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्ध हुन पुगेका छन् ।

    जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पूर्ण रूपमा अबरूद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका-२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ ।

    त्यसो त नवलपरासी पूर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पूर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij