
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएल २०२५ का बाँकी खेल गुमाउने भएका छन् । पञ्जाब किंग्सका अलराउन्डर म्याक्सवेल दाहिने हातको औंलामा चोट लागेपछि आइपिएल २०२५ को बाँकी खेलबाट बाहिरिएका हुन् ।
पञ्जाबका कप्तान श्रेषस अय्यरले म्याक्सवेल बाहिरिएको पुष्टि गर्दै उनको स्थानमा अर्को खेलाडी ल्याउने विषयमा अहिले नसोचेको बताए ।
उनी यो सिजन फर्ममा थिएनन् । उनले चार विकेट लिएका थिए भने ६ इनिङ्गसमा केवल ४८ रन बनाएका थिए ।
जसमा पछिल्ला चार खेलमा उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । उनलाई पञ्जाबले पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारूमा आबद्ध गरेको थियो ।
यसअघि पञ्जाबका तीव्र गतिका बलर लकी फर्ग्युन पनि चोट लागेका कारण टोलीबाट बाहिरिएका थिए । बुधबार चेन्नईलाई हराएको पञ्जाब अंक तालिकामा दोस्रो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij