Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अछाममा एमालेको नेतृत्व सर्वसम्मत चयन

अछाममा एमालेको नेतृत्व सर्वसम्मत चयन

  • काठमाडौं । नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

    images
    images
    images

    मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो । जसअनुसार नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए ।

    नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित भएका छन् भने जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij