
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक संसदीय विषयगत समितिमा पुगेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कान्न व्यवसायी परिषद् विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।
यो विधेयक कानुनमन्त्री चौरसियाले १८ साउन २०८१ मा ल्याएका थिए । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक १८ फागुन २०८१ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको हो ।
प्रतिनिधि सभाले दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij