Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

  • काठमाडौँ । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

    images
    images
    images

    महासंघले बैठक आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा  बाेलाएकाे छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ जनाएको छ ।

    नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।

    नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij