
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै, महाधिवेशन कार्यविवरण, विशेष रिपोर्टिङ र विविध विषयमा पनि छलफल हुने झाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij