Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

१७ सयले घट्यो सुनको भाउ

१७ सयले घट्यो सुनको भाउ

  • काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । 

    यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १ लाख ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij