
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले अपराध नियन्त्रण र निगरानी प्रणाली सुदृढ बनाउनका लागि विभिन्न स्थानमा जडान गरिएका ७२ वटा सीसीटीभी क्यामेरा प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ ।
गोकर्णेश्वर-५ को सभाहलमा सम्पन्न एक विशेष समारोहमा नगरप्रमुख दीपकप्रसाद रिजालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई क्यामेरा हस्तान्तरण गरेका हुन् ।
एसएसपी अधिकारीले गोकर्णेश्वर नगरपालिकाले सीसीटीभी जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको कार्यप्रति कृतज्ञता प्रकट गर्दै यस कदमले आपराधिक गतिविधिहरूको निगरानी र अनुसन्धानमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नगरपालिकाले ४० लाख बजेटबाट अरब बैङ्कदेखि दक्षिणढोका हुँदै जोरपाटी र बीपी चोक सुन्दरीजल सम्म विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको हो । जडान गरिएका ७२ मध्ये २० वटा सीसीटीभी क्यामेराको निगरानी प्रहरी चौकी जोरपाटीबाट तथा बाँकी ५२ वटा क्यामेराको निगरानी प्रहरी प्रभाग गोकर्णबाट गरिने व्यवस्था मिलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij