
Apr 02 2025 | २०८१, चैत २० गते
मुम्बई । बलिउडका चर्चित गायक उदित नारायणको घरमा अहिले खुसीको माहोल छाएको छ । खुसीको माहोलको कारण उनका छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाह हो । आदित्यले प्रेमिका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह गर्न लागेका हुन् । केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ ।
रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिए । आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्कोसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij