Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

सबैभन्दा बढी कर तिर्ने 'नबिल बैङ्क'

सबैभन्दा बढी कर तिर्ने 'नबिल बैङ्क'

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नबिल बैङ्क लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मान गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७९/८० मा बैङ्क, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैङ्कले पुर्‍याएको योगदानको कदर गर्दै प्रमाणपत्र सहित बैङ्कलाई सम्मान गरिएको हो ।

    नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैङ्क, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा नबिल बैङ्कलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

    नबिल बैङ्क यसअघि आर्थिक वर्ष २०७९/८०,  आव २०६७/६८, आव २०७०र७१, आव २०७१/७२, आव २०७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मानित भइसकेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij