Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाल बार एसोसिएसन निर्वाचन : कसको जीत पक्का ?

नेपाल बार एसोसिएसन निर्वाचन : कसको जीत पक्का ?

  • काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा.डा.विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

    images
    images
    images

    निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।

    त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति बतायो । नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij