Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    images
    images
    images

    यस्तै, युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

    यसैगरी, राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

    थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा तोकिएको छ ।

    आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij