
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिजलाई मातृ शोक परेको छ । आइतबार उनकी आमा किम फर्नांडिसको मृत्यु भएको हो । उनलाई पक्षघात आएपछि २४ मार्चमा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
१३ दिनदेखि उनलाई आइसियुमा भर्ना गरिएको थियो। तर ज्याकलिन र उनको टिमले आधिकारी जानकारी दिएका छैनन् ।
ज्याकलिन २६ मार्चमा गुवाहाटीमा आईपिएल समारोहमा प्रस्तुति दिने तयारीमा थिइन् । तर आमाको अचानक स्वास्थ्यमा समस्या आएपछि उनले आफ्नो प्रस्तुति रद्ध गरेकी थिइन् ।
ज्याकलिन पछिल्लो समय अभिनेता सोनू सूदसँग फिल्म 'फतेह' मा देखिएकी थिइन् । अब उनी 'रेड २', 'वेलकम टू द जंगल' र 'वेलकम ५' मा देखिनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij